ट्राफिक प्रहरीद्वारा चालकलाई नमस्कारसहित पुष्पगुच्छा

चितवन, १० असोज । नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादशैंको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीले यात्रुहरूलाई नमस्कार र फूलगुच्छा प्रदान गर्दै शुभकामना दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरिक्षक डिल्लीनारायण पाण्डेले चालकहरूलाई मिठो मुस्कानसहित नमस्कार गर्दै फूलगुच्छा प्रदान गर्दै अभियान सुरू गरेका […]
भुपराज पाठक स्मृति प्रतिष्ठान गठन

चितवन, १० असोज । माडीका सञ्चारकर्मी, कलाकार, पत्रकार एवं दिवाकर स्मृति माध्यामिक विद्यालयका शिक्षक स्व. भुपराज पाठकको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । माडी नगरपालिकाको सवालमा भएको यस एक विशेष भेलाले प्रतिष्ठानको अध्यक्षमा उहाँका दाजु विपिन पाठक, उपाध्यक्षमा इन्दिरा तिवारी, महासचिवमा हरि रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सह सचिवमा दुर्गा कुमारी लामिछाने, कोषाध्यक्षमा प्रविन देवकोटा चयन […]
साझा यातायातको दशैं लक्षित सेवा : ३०० रुपैयाँमा काठमाडौं – नारायणगढ यात्रा

ललितपुर, १० असोज । नेपालीहरूको महान् चाड बडा दशैँ शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले ‘साझा यातायात दशैँ यात्रु शटल सेवा’ सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा शुरु गरिएको हो । संस्थाले एक सूचना जारी गर्दै असोज ७ […]
भकुण्डे साहित्य उत्सव- २०८२ सम्पन्न

वालिङ, ९ असोज । श्रीमद्देवीभागवतमहापुराणम् ज्ञान यज्ञ- २०८२ को सन्दर्भमा बिहीबार भकुण्डे साहित्य उत्सव- २०८२ को आयोजना गरियो । श्री नवदुर्गा पूजा व्यवस्थापन समिति, वालिङ- १०, भकुण्डे श्री शिवपार्वती मन्दिरको आयोजनामा असोज ६ गतेदेखि सञ्चालित ज्ञान यज्ञमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजनमा बिहीबार साहित्य उत्सव गरिएको हो । स्याङ्जाको साहित्यिक इतिहासमै […]
वास्तवमा भद्रा अशुभ नै हो त ?

भद्रा ज्योतिषशास्त्रको प्राचीनता सर्वथा सिद्ध छ । वैदिक संहिताका प्राचीनतम अंशहरूमा ज्योतिषशास्त्रका प्रमुख सिद्धान्तहरूको बीज रूपमा उपलब्ध हुनुले यही तथ्यलाई अझ सबल बनाउँछ । ऋग्वेदको विश्वामित्र नदी संवाद सूक्त यस सन्दर्भमा उल्लेखनीय छ भन्ने लाग्दछ । यस सूक्तको मन्त्रमा ज्योतिषशास्त्रको प्रमुख अवयव ‘मुहूर्त’को स्पष्ट उल्लेख छ । ज्योतिषशास्त्रको वेदाङ्गत्वलाई प्रमाणित गर्ने परम्परामा महर्षि लगधद्वारा प्रणीत […]