भुपराज पाठक स्मृति प्रतिष्ठान गठन

चितवन, १० असोज ।
माडीका सञ्चारकर्मी, कलाकार, पत्रकार एवं दिवाकर स्मृति माध्यामिक विद्यालयका शिक्षक स्व. भुपराज पाठकको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ ।

माडी नगरपालिकाको सवालमा भएको यस एक विशेष भेलाले प्रतिष्ठानको अध्यक्षमा उहाँका दाजु विपिन पाठक, उपाध्यक्षमा इन्दिरा तिवारी, महासचिवमा हरि रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सह सचिवमा दुर्गा कुमारी लामिछाने, कोषाध्यक्षमा प्रविन देवकोटा चयन गरिएको छ ।

त्यस्तैगरी सदस्यहरुमा क्रमशः देवनारायण शाह, हरिप्रसाद न्यौपाने, बालकृष्ण पाण्डे, कृष्णप्रसाद पाठक, शुक्रमिया चौधरी, अर्जुन अर्याल, दिप्ती विश्वकर्मा, डा. एञ्जीला चापागाईं, शंकर गिरी, सीता पाठक र उहाँले अध्यापनरत विद्यालय दिवाकर स्मृति माविबाट एक जना गरी १७ सदस्यीय कार्यसमिति निर्माण भएको छ । प्रतिष्ठानमार्फत् भुपराज पाठक स्मृति पत्रकारिता पुरस्कार, असल शिक्षक पुरस्कारलगायत परोपकारी कार्यमा सहयोग गरिने जनाइएको छ ।

नारायणप्रसाद सापकोटाको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, अधिवक्ता पूर्णचन्द्र चापागाईंको संयोजकत्वमा विधान लेखन समिति तथा माडी नगर प्रमुख ताराकाजी महताेको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।

रक्तक्यान्सर एवं क्षयरोग भइ उपचाररत अवस्थामा २०८१ फागुन ७ गते विपि कोइराला मेमाेरीयल क्यान्सर अस्पतालमा पाठकको उपचारको क्रममा निधन भएको थियो । पाठकको उपचारको लागि खर्च भइ बचेको कुल ८ लाख ५४ हजार रुपैयाँमा परिवारका तर्फबाट थप गरी रु १० लाख रुपैयाँ पुर्‍याएर प्रतिष्ठान स्थापना गर्ने पाठकको १२ औं पूण्यतिथि (फागुन १८) मा सो निर्णय गरिएको थियो । बेलाको प्रमुख आतित्यता ग्रहण गर्नुभएकी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पाठक परिवारको कदम समाजका लागि अनुकरणीय भएको बताउँदै नगरपालिकाका तर्फबाट समेत साथ र सहयोग रहने वचनबद्धता व्यक्त गर्नुभएको छ । भेलाको सञ्चालन अधिवक्ता पूर्णचन्द्र चापागाईंले गर्नुभएको थियो भने सभाध्यक्षता पाठकका पिता बालकृष्ण पाठकले गर्नुभएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट