भकुण्डे साहित्य उत्सव- २०८२ सम्पन्न

वालिङ, ९ असोज ।
श्रीमद्देवीभागवतमहापुराणम् ज्ञान यज्ञ- २०८२ को सन्दर्भमा बिहीबार भकुण्डे साहित्य उत्सव- २०८२ को आयोजना गरियो ।

श्री नवदुर्गा पूजा व्यवस्थापन समिति, वालिङ- १०, भकुण्डे श्री शिवपार्वती मन्दिरको आयोजनामा असोज ६ गतेदेखि सञ्चालित ज्ञान यज्ञमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजनमा बिहीबार साहित्य उत्सव गरिएको हो ।

स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए ।

गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गरेका थिए ।
कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले कविता वाचन गरेका थिए ।

भकुण्डे साहित्य उत्सव- २०८२ का संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको कार्यक्रमको सभाध्यक्ष श्री नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालद्वारा गरिएको थियोे भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु सुवेदी गैह्रेद्वारा गरिएको थियोे ।

भकुण्डे शिवपार्वती मन्दिरको स्थापना वि.सं. २०४८ सालमा भएको हो । शिवपार्वती मन्दिर भकुण्डेस्थित सिद्दार्थ राजमार्गको छेउमा रहेको छ ।

पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन गरिएको ज्ञान यज्ञ १५ गते बुधबारसम्म सञ्चालन हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट