ट्राफिक प्रहरीद्वारा चालकलाई नमस्कारसहित पुष्पगुच्छा

चितवन, १० असोज ।
नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादशैंको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीले यात्रुहरूलाई नमस्कार र फूलगुच्छा प्रदान गर्दै शुभकामना दिएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरिक्षक डिल्लीनारायण पाण्डेले चालकहरूलाई मिठो मुस्कानसहित नमस्कार गर्दै फूलगुच्छा प्रदान गर्दै अभियान सुरू गरेका थिए । उनले यो अभियान वागमती प्रदेशका १० जिल्लामा एक साथ सुरू भएको पनि जानकारी दिए ।
चितवनको नारायणगढस्थित पोखरा बसपार्कसहित तीन स्थानहरूमा खटिएका प्रहरी र ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई रोकी मिठो मुस्कानसहित नमस्कार गर्दै फूलगुच्छा प्रदान गरेका हुन् ।

यस विशेष कार्यक्रमको उद्देश्य जनमैत्री प्रहरी सेवाको अभ्यासका साथै नागरिकहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको चितवन ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले जानकारी दिएका छन् ।
“हामी जनतासँग नजिक हुन चाहन्छौं, अनि चाडपर्वमा हाम्रो उपस्थितिलाई उनीहरूले सुरक्षाको महसुस गरून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,”- जिल्ला प्रहरी निरीक्षक शर्माले भने ।

ट्राफिक नियमको जानकारी दिनुका साथै प्रहरीहरूले यात्रुहरूलाई सुरक्षित यात्रा, ट्राफिक नियमको पालना र सहृदयता अपनाउन पनि अनुरोध गरेका थिए ।
स्थानीय बासिन्दा र यात्रुहरूले प्रहरीको यो पहलप्रति खुशी व्यक्त गर्दै चाडपर्वमा यस्तो सकारात्मक र मानवीय व्यवहार अत्यन्त प्रेरणादायक भएको प्रतिक्रिया दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट