एनआरएनए स्पेन अध्यक्षमा सन्तोष श्रेष्ठ, नेपाल–स्पेन सम्बन्ध विस्तारको सेतु बन्ने प्रतिवद्धता

स्पेन, १० साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । श्रेष्ठ डेढ दशकदेखि स्पेनमा बस्दै आएका छन् । उनी स्पेनमा सफल ट्याक्सी व्यवसायी हुन् । स्याङ्जा आँधिखोलाका श्रेष्ठ नेपाली जनसम्पर्क समिति स्पेनका निवर्तमान सभापति हुन् । श्रेष्ठ […]

मेनकाको जन्मदिनमा विद्यार्थीलाई `मुना´लगायतका पत्रपत्रिका

भरतपुर, १० साउन । नारायणगढ निवासी सामाजिक व्यक्तित्व मेनका चापागाईंले आफ्नो जन्मदिनका अवसरमा विद्यार्थीलाई पत्रपत्रिका उपलब्ध गराउनुभएको छ । श्री विश्वप्रकाश माध्यमिक विद्यालय मङ्गलपुरमा अध्ययनरत कक्षा ८ देखि १२ का सबै विद्यार्थीलाई मुना, युवामञ्च र मधुपर्क उपलब्ध गराउनुभएको हो । साउन १० गते शनिबार उहाँको जन्मदिन हो । सोही अवसरमा उहाँले अघिल्लो दिन शुक्रबार नै […]

जनप्रतिनिधिको माझमा रामकृष्णको ´अनायास´

भरतपुर, १० साउन । भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले भरतपुर–५ निवासी गजलकार रामकृष्ण अनायासको गजलसंग्रह `अनायास´को आफ्नै वडामा विमोचन गर्नुभएको छ । वडाको कार्यालय परिसरमा आयोजित अनायास लोकार्पण कार्यक्रममा गजल कृतिको गृह लोकार्पण गर्दै अध्यक्ष श्रेष्ठले साहित्य समाज परिवर्तनको बलियो माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले कला, साहित्य र सिर्जनशील गतिविधिहरूलाई […]

रोटरी क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा १० हजार बिरुवा रोपियो

भरतपुर, १० साउन । रोटरी क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैंडाकोटका ७ वटा क्लवको सहकार्यमा वृक्षरोपण गरिएको छ । रोटरी क्लव अफ नारायणी मिड टाउनले रोटरी गैंडाकोटलाई ४५०० बिरुवा, रोटरी रत्ननगरलाई १५०० बिरुवा, रोटरी भरतपुरलाई ९०० बिरुवा, रोटरी पूर्वीचितवनलाई २०० बिरुवा, रोटरी नारायणगढलाई १५० बिरुवा र अग्रसरता लिएको रोटरी तथा रोट्र्याक क्लव […]

बागमती प्रदेशका मुख्यमन्त्री कांग्रेस शीर्ष नेताहरूसँग छलफलमा

काठमाडौं, १० साउन । राजीनामा दिएका चार जना मन्त्रीलाई बर्खास्त गरेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा काठमाडौंमा छलफलमा जुट्नुभएको छ । मुख्यमन्त्री लामा आफू निकट सांसदहरूसहित नेपाली कांग्रेसका शीर्ष नेताहरूसँगको भेटघाटमा जुट्नुभएको हो । मुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा २ को ‘ख’ बमोजिम चार जना मन्त्रीलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाउनुभएको […]

फिलिपिन्समा आँधीका कारण ३० जनाको मृत्यु

भरतपुर, १० साउन । फिलिपिन्समा गत साता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही […]

१३ लाखभन्दा बढी सुडानी घर फर्किए – राष्ट्रसंघ

काठमाडौं, १० साउन । सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गत आप्रवासन, शरणार्थी तथा विकाससम्बन्धी निकायहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै हालसम्म १० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित व्यक्ति सुडानभित्रै आफ्ना घर फर्किएको र थप करिब तीन लाख २० हजार […]

चितवनमा बर्तौलाको मुक्तकसङ्ग्रह `उज्यालोका बाछिटा´को विमर्श

चितवन, १० साउन । मकवानपुरका स्रस्टा डीबी बर्तौलाको मुक्तकसङ्ग्रह `उज्यालोका बाछिटा´को विमर्श गरिएको छ । सम्पूर्ण किताब नारायणगढले शुक्रबार आयोजना गरेको कार्यक्रममा बर्तौलाको मुक्तकसङ्ग्रहका बारेमा समालोचक उदय अधिकारीले समीक्षात्मक टिप्पणी राख्नुभयो । कार्यक्रममा रमेश प्रभातले स्वागत मन्तव्य राख्दै बर्तौलाले मुक्तकलेखनमा आफूलाई निरन्तर समाहित गरेर सफलता प्राप्त गरेको बताउनु भयो । समालोचक अधिकारीले बर्तौलाका मुक्तकहरु चोटिला, […]