भरतपुर, १० साउन ।
रोटरी क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैंडाकोटका ७ वटा क्लवको सहकार्यमा वृक्षरोपण गरिएको छ । रोटरी क्लव अफ नारायणी मिड टाउनले रोटरी गैंडाकोटलाई ४५०० बिरुवा, रोटरी रत्ननगरलाई १५०० बिरुवा, रोटरी भरतपुरलाई ९०० बिरुवा, रोटरी पूर्वीचितवनलाई २००
बिरुवा, रोटरी नारायणगढलाई १५० बिरुवा र अग्रसरता लिएको रोटरी तथा रोट्र्याक क्लव नारायणी मिड टाउनले ३००० बिरुवा गरी जम्मा १० हजार बिरुवाहरु चितवन र गैंडाकोटका विभिन्न क्षेत्रमा रोपेको छ ।
रोटरी वर्ष २०२५/०२६ को थिम Unite For Good को अनुशरण गर्दै रिजन ६ का सम्पूर्ण क्लव चितवन माविको परिसरमा जम्मा भई एकतामा वृक्षरोपण शुभारम्भ गरिएको जानकारी रोटरी डिस्ट्रिक्ट रिजन ६ का पब्लिक ईमेज रोटरियन प्रकाश पौडेलले बताउनु भयो ।

Rotary International ले आफ्नो विश्वब्यापी अनुदान परियोजना र मानवीय प्रयासहरुलाई मार्गदर्शन गर्न ७ वटा प्राथमिक क्षेत्र पहिचान गरेको छ । जस अन्तर्गत वातावरण संरक्षण (Protecting The Environment) पनि रहेको र सोही अनुरुप रोटरी ईन्टरनेसनल ३२९२ नेपालले आजको दिन नेपाल भरी ५० हजार भन्दा धेरै बिरुवा रोप्ने कार्यक्रम छ । सो कार्यक्रमा प्रमुख अतिथि RI 3292 District Governor रोटरियन विनोद कोईरालाले भन्नुभयो – `रोटरीका मानवीय कार्य अन्तर्गत यस कार्यक्रमले वातावरण सरंक्षणमा ठुलो योगदान दिनुका साथै सम्पूर्ण रोटरी क्लवको सहकार्य हुने हुँदा यस बर्षको रोटरी थिमलाई सार्थकता हुने Unite For Good लाई आत्मसात गर्दै क्लव तथा रोटरियनहरु बिचको सम्बन्ध प्रगाढ हुने भएकाले आजको दिनलाई अर्थात् July २६ लाई रोटरिको Rotary Plantation Day घोषणा गरिएको छ ।´
उहाँले नेपालभरी आजको दिन वृक्षरोपण हुने बताउनु भयो । उहाँले यी बिरुवाको हेरचाह एवम् निरिक्षण गरिने जानकारी दिनु भयो । बिरुवाहरुमा आँप, लिचि, अमला , चेरी, हर्रो, बर्रोलगायतका रहेका छन् ।
त्यसैगरी रोटरी डिस्ट्रिक्ट ३२९२ पव्लिक ईमेज चियरले भन्नुभयो – `रोटरीले वातावरण सरंक्षणका लागि गरेको वृक्षरोपण कार्यको प्रशंसा गर्दै थप अरु ६ वटा प्राथमिक क्षेत्रलाई सँगसँगै लैजाने र नागरिकमाझ रोटरीको राम्रो छाप बनाउने गरी काम गर्ने बताउनु भयो ।
कार्यक्रमलाई सफल बनाउन १० हजार बिरुवा वितरण गर्दै अग्रसरता लिनुहुने रोटरी क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रमेश्वर भण्डारीले भन्नुभयो – `Unite For Good लाई सफल बनाउन उपस्थित प्रमुख अथिति डिस्ट्रिक गवर्नर विनोद कोईराला, डिस्ट्रिक्ट ईमेज चियर अमित गिरि, Assistant Governor हरु, सम्पूर्ण क्लवका अध्यक्ष, पूर्व अध्यक्ष, रोटरियन, रोट्र्याक, ईन्ट्र्याक, स्पाउस क्लव र यस कार्यक्रमलाई सफल बनाउन योगदान दिने रोट्र्याक क्लव अफ नारायणी मिड टाउनलाई बिशेष धन्यवाद दिनुभयो ।
क्रार्यक्रम सचालन डिस्ट्रिक रिजन ६ सचिव रोटरि भरतपुरका पुर्ब अध्यक्ष रेवन्त कुमार भट्टराईले सचालनं गर्नु भएको थियो । कार्यक्रममा ८८ जनाको सहभागिता रहेको थियो ॥





