कालिका संस्कृत विद्यापीठमा अनुसन्धानात्मक गोष्ठी

गैंडाकोट, १३ जेठ । विश्वविद्यालय अनुदान आयोग र गैँडाकोट नगरपालिकाको संयुक्त सहयोगमा कालिका संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा जेठ ११ देखि १३ गतेसम्म गैँडाकोटमा भएको त्रिदिवसीय अनुसन्धानात्मक गोष्ठी मङ्गलबार सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको प्रमुख आतिथ्य, विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाको विशिष्ट आतिथ्य तथा अनुसन्धान व्यवस्थापन समितिका […]
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत

मकवानपुर, १३ जेठ । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेशका मन्त्रालयहरुले पेश गरेका योजना तथा कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत […]
`गढीमा गजल´ सोमेश्वर गढीमा साहित्य, संस्कृति र पर्यटनको संगम

विपिन पाठक भरतपुर, १३ जेठ । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको माडीको सोमेश्वर गढी अब गजलका सुरले गुञ्जिने भएको छ । गजल मञ्च चितवन नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा `गढीमा गजल´ नामक भव्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रम जेठ १७ गते सोमबार बिहान ७ बजे सोमेश्वर गढी परिसरमा आयोजना हुँदैछ । कार्यक्रम माडी क्षेत्रको कला, […]
मकवानपुरमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु
मकवानपुर, १३ जेठ । मकवानपुरकाे थाहा नगरपालिकामा बसले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु भएकाे छ । थाहानगरपालिका – ३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा बसकाे ब्रेक फेल भई पैदलयात्रीलाई ठक्कर दिइ दुर्घटना भएकाे थियाे । सोमबार साँझ भएको दुर्घटनामा ४ जना घाइते भएका छन् । थाहानगरकाे गोपाली गाउँबाट थानाबजार पालुङतर्फ आउँदै गरेकाे बा ३ ख […]
पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
नवलपरासी, १३ जेठ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- ७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका – ७ स्थित चोरमारा बस्ने २४ वर्षका नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन छन् । अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटोमा चिप्लिएर […]
स्पेनको आप्रवासी नियम सरल बन्दै

विप्लव काफ्ले स्पेन, १३ जेठ । स्पेनले आप्रवासीहरुका लागि लचिलो हुँदै काम र बसोबासमा सहजता दिन लागेको छ । संसदमा विचाराधीन मस्यौदा पारित भएमा आप्रवासीहरुलाई सहज हुने देखिएको छ । आप्रवासी सम्बन्धि नियमलाई सरल बनाउन सदनमा छलफल चलिरहेको छ । २ वर्ष नियमित स्पेनमा बसेकाहरुलाई वैधानिक रुपमै काम र बसोबासका लागि केही नियम जारी भएका […]
नेपाल समाजद्वारा सल्लाहकार चयन

विप्लव काफ्ले स्पेन, १३ जेठ । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले सल्लाहकार चयन गरेको छ । आल्तेयामा बसेको कार्यसमिति बैठकले सल्लाहकार समिति सर्वसम्मत चयन गरेको हो । महासचिव विजय कुँवरका अनुसार वरिष्ठ सल्लाहकारहरुमा रुद्र खत्री, द्वारिका लामिछाने, सन्तोष अर्याल, ईश्वर गौतम, दुर्गा भण्डारी, राजु पाण्डे, सृजना लामिछाने चयन भएका छन् । यस्तै रुद्र आचार्य, अञ्जु पुन, […]