नवलपरासी, १३ जेठ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- ७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका – ७ स्थित चोरमारा बस्ने २४ वर्षका नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन छन् ।
अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटोमा चिप्लिएर मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।





