एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा निर्वाचित

भरतपुर, १ साउन । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई पराजित गरेकी हुन् । जम्मा खसेको २ हजार ७६ मत मध्ये सापकोटाले १ हजार ११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे । […]

प्रेमीको कुरा काटेको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’

विराटनगर, १ साउन । गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजावासस्थित सप्तकोशीको किनारमा केही युवतीहरूले अर्को समुहमा रहेकी मध्ये एउटीलाई निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल छ । उक्त घटनामा पाँच जना युवतीहरूको समूहले ब्वाइफ्रेण्डको पोल खोलेको विषयमा अरु तीन जनाको समूहमा रहेका युवतीहरूमाथि अन्धाधुन्ध कुटपिट गरेका हुन् । पीडित युवतीहरूको तर्फबाट परेको जाहेरीका आधारमा […]

गंगाज्योति स्मृति पुरस्कारबाट देवकोटा पुरस्कृत

भरतपुर, १ साउन । स्थानीय लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगाज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्वैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारबाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । प्रातः स्मरणीय ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिजचन्द्र चक्रवर्तीबाट स्थापित […]

लायन्स क्लबद्वारा तीनखोले गुम्बामा वृक्षरोपण

भरतपुर, १ साउन । लायन्स क्लब अफ चितवन चौतारी र अन्य लायन्स क्लबले साउने संक्रान्तिको अवसर पारेर संयुक्तरुपमा वृक्षरोपण गरेका छन् । भरतपुर महानगरपालिका- २ स्थित तीनखोले गुम्बा परिसरमा हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, बडहर, रुखकटहर, धुपीलगायतका विभिन्न औषधिय, फलफूल तथा अन्य गरी १५० वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक लायन सोमप्रसाद गुरुङ्गले जानकारी दिए […]

मौलाकाली केवलकारको इभिनिङ अफर, आधा सस्तोमा दुईतर्फी टिकट

गैंडाकोट, १ साउन । गैंडाकोटमा रहेको मौलाकाली केवलकारले ५० प्रतिशत छुटसहित नयाँ अफर ल्याएको छ । साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य ५५० […]

आज साउने संक्रान्ति, देवघाटधाममा स्नान तथा पूजा अर्चना

देवघाटधाम, १ साउन । साउने संक्रान्तिको दिन पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमवार परेकाले पनि बिहानै देखि भक्तजनको भीड लागेको हो । कालिगण्डकी र त्रिशुली नदीको संगम स्थल देवघाटमा हरेक वर्षको साउने संक्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । मेलामा सुरक्षाको लागि देवघाट क्षेत्र विकास समितिले […]

जयनगर-कुर्था-बिजलपुरा रेल सञ्चालन

जनकपुर, १ साउन । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेलसेवा सञ्चालनमा आएको छ । गत ०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेलसेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो ।  उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । कुर्थाबाट बिजलपुरासम्मकाे निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय […]

मिटरब्याज विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं, १ साउन । प्रतिनिधिसभाले मिटरब्याजसँग सम्बन्धित विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो । सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले […]