तीन हजार टन पशुआहार चीन निर्यात

भरतपुर, ३० असार भरतपुर महानगरपालिकाभित्र रहेको न्यू होराइजन इन्टरनेसनलले उत्पादन गरेको ३ हजार टन पशु आहार चीनको सिगात्से सहरमा निर्यात गरिएको छ । शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पशु आहार (हेलेज) लोड गरिएका ट्रक चीनतर्फ पठाइएको हो । पशु आहार चीन पठाउने कामको उद्घाटन गर्न काठमाडौँदेखि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री डा. बेदुराम […]

कवि अस्तफल र आख्यानकार खनाल पुरस्कृत

भरतपुर, ३० असार चितवन साहित्य परिषद्ले शनिबार नारायणगढमा आयोजना गरेको २१०औँ भानु जयन्ती समारोहमा कवि सुरेन्द्र अस्तफल र आख्यानकार अष्टदेव खनाल पुरस्कृत भएका छन् । कवि अस्तफललाई चिसाप प्रतिभा पुरस्कारबाट र आख्यानकार खनाललाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार अर्पण गरिएको हो । प्रतिभा पुरस्कारको राशी १५ हजार ४५ र खेमलाल लामिछाने साहित्य पुरस्कारको राशी ५० […]

भरतपुर रोटर्याक्टद्वारा जिल्ला प्रहरी कार्यालयमा बालकक्ष र स्तनपान कक्ष स्थापना

भरतपुर, ३० असार । रोटर्याक्ट क्लब अफ भरतपुरले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सुरक्षित बालकक्ष र स्तनपान कक्ष स्थापना गरेको छ । विभिन्न कारणवश जिल्ला प्रहरी कार्यालय आउने ससाना बालबालिकाहरुको अधिकार र सहजतालाई ख्याल गर्दै रोटर्याक्ट क्लबले सुरक्षित बालकक्ष र आमाहरुका लागि बेग्लै स्तनपानकक्ष तयार गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई हस्तान्तरण गरेको हो । क्लबले […]

बरादीमा कृषि इनोभेटिभ केन्द्र स्थापना

तनहुँ, ३० असार । राष्ट्रिय आविष्कार केन्द्र र मिलिजुली कृषि उत्पादक सहकारी संस्थाकाे संयुक्तकार्यमा आँबुखैरेनीको बरादीमा कृषि इनोभेटिभ केन्द्रको स्थापना गरिएको छ । कृषिबाट उत्पादित खाद्य तथा फलफुल र जडिबुटीलाई केन्द्रको प्रयोगशालाबाट परिक्षण गरि विभिन्न किसिमका पेय पदार्थ, कस्मेटिक्स, हर्बल पेप्टिसाइड र मलको अनुसन्धान गरि किसानलाई व्यावसायिक रूपमा ती सामग्रीको उत्पादनका लागि तालिम दिने उद्देश्य […]

वसन्तको `मोम्चो´ कथासङ्ग्रहको हेटौंडामा अन्तर्क्रिया

हेटौंडा, ३० असार । वसन्त पराजुलीजीको मोम्चो कथासङ्ग्रहमाथि हेटौंडामा अन्तर्क्रिया गरिएको छ । किताबघरको आयोजनामा शनिबार गरिएको कार्यक्रममा टिप्पणीकार हरि पौडेल र नीरा शर्माले टिप्पणी राखे । पुस्तकका सन्दर्भमा बोल्दै टिप्पणीकार हरि पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । `समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित छन् । त्यही क्षेत्रमा रहेका […]

‘बगान’ हेर्दा रसाए एकल आमाका आँखा

काठमाडौं, ३० असार । शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरुले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । निर्माण समूहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, […]

६ राजदूत सिफारिस, कहाँ को ?

काठमाडौं, ३० असार । सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उच्च सरकारी स्रोतका अनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको […]