`नेपाली राजनीतिमा नेपाली काँग्रेस´ पुस्तक सार्वजनिक

भरतपुर, २६ भदौ । नेपाली काँग्रेसका युवा नेता गणेश सापकोटाको `नेपाली राजनीतिमा नेपाली काँग्रेस´ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पुस्तकको विमोचन गरे । नेपाली काँग्रेस देवचुली नगर समितिले आयोजना गरेको बिपी स्मृति भवन उद्घाटन तथा कार्यकर्ता भेलामा प्रमुख अतिथि रहेका कोइरालाले पुस्तकको विमोचन गरेका हुन् । नेपाली काँग्रेसका […]
सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

भरतपुर, २६ भदौ । रासस भाद्रशुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी शनिबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले शनिबार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । बाग्मती, मनोहरालगायत नदी किनारको मुहान […]
एकीकृत समाजवादीको बैठक मंगलबार बस्दै

भरतपुर, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज […]
कोरोना संक्रमितको संख्या घट्यो

भरतपुर, २६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १३६८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ […]
चितवनमा अर्ना मृत फेला

भरतपुर, २६ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ । खोरमा १२ […]
वृक्षरोपणमा ठूलो लगानी, रोपिएका बिरुवाको संरक्षणमा भने पुगेन ध्यान

भरतपुर, २६ भदौ । डिभिजन वन कार्यालय, चितवनले पछिल्लो तीन आर्थिक वर्षमा विभिन्न प्रजातिका ६ लाख २६ हजार ६६५ वटा रुखका बिरुवा रोपेको छ । कार्यालयको नियमित कार्यक्रमको रूपमा उसले प्रत्येक वर्ष आफैँ बिरुवा उत्पादन गर्दै वृक्षारोपण गर्ने कार्य गर्दै आएको छ । कार्यालका सूचना अधिकारी बालकृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै कार्यालयले […]
मिडिया साक्षरता : आजको आवश्यकता (विचार)

पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल दुस्प्रचारका लागि प्रयोग हुन थालेको भान हुन थालेको छ । आजकल सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सेयर गर्ने विभिन्न खालका समाचारहरू किन विश्वसनीय हुन छाडेका होलान् त ? मलाई यो कुराको निकै कौतुहलता जागिरहेको थियो । मैले घरको काम सकेर यसो फेसबुक खोलेकी मात्र के थिएँ आँखा अगाडि एउटा लिंक देखा परिहाल्यो । […]
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार

काठमाडौँ, २६ भदौ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका […]
भट्टी पड्किए पाँच मजदुरको मृत्यु

वागमती, २६ भदौ। वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ। यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच […]
कतारमा अलपत्र श्रमिकको उद्धार

बागलुङ, २६ भदौ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले […]
पैसाको भन्दा कानुनको अडिटले महत्व राख्ने संसदीय समितिको ठहर

नारायण न्यौपाने काठमाडौँ, २६ भदौ। समितिले बनेका कानुन कार्यान्वय भए÷नभएको अनुगमन मूल्याङ्कन ९अडिट० र विकास आयोजना पुनः अनुगमन परीक्षण गर्ने कानुन पारित गरेको छ । तर्जुमा भएका कानुन कार्यान्वयनको अवस्था परीक्षण र योजना सञ्चालन, अनुगमन, मूल्याङ्कनको पाटोमा देखिएका कमजोरी हटाउन समितिले नयाँ ऐन अघि बढाएको हो । विधायन व्यवस्थापन सभापति परशुराम मेघी गुरुङ भन्नुहुन्छ, “कानुन […]
संखुवासभा हत्याकाण्ड: आरोपी समातिए

काठमाडौं, २६ भदौ । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला […]
२०७८ भदौ २६ गते शनिबारको कायाकैरन दैनिक (E-Paper)
बजेटको आकार घट्यो, यस्ता छन् फेरबदल भएका शीर्षक

भरतपुर, २६ भदौ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका छन् । प्रतिस्थापन विधेयकमार्फत संशोधन गरिएको बजेटको आकार घटाइएको छ । प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको बजेट अध्यादेश […]
सन्दीपको शानदार बलिङमा नेपाल विजयी

भरतपुर, २६ भदौ । स्टार स्पीनर सन्दीप लामिछानेको ६ विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ । नेपालको सशक्त बलिङसामु निरिह बनेको पिएनजीले २० ओभर पनि खेल्न सकेन । नेपालविरुद्ध २ सय ३४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो । अल […]