२०७८ साउन २० गते बुधबारको कायाकैरन दैनिक (इ-पेपर)

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का

काठमाडौँ, २० साउन। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “म क्रिकेटबाट […]
नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

काठमाडौँ, २० साउन । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो । आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण […]
चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा

चितवन, २० साउन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च गर्ने गरेको हो । रेष्टुराँका सञ्चालक जोन कँडेलकाअनुसार मूल्य बढाएर होइन, चलनचल्तीको मूल्यमै रकम छुट्याउने […]
विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास
काठमाडौँ, २० साउन। चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको […]
नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ, २० साउन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन। अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको […]
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः आर्थिक अनियमितादेखि स्वास्थ्य लथालिङ्ग

काठमाडौँ, २० साउन । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता र स्वास्थ्य सेवा लथालिङ्ग अवस्थामा रहेको पाइएको छ । सरकारद्वारा गठित प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य उपकरण खरिदमा अनियमितादेखि विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र बिरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको उल्लेख छ । प्रतिवेदनमा […]
थप ४१०७ जना संक्रमित थपिए, ३५ जनाको मृत्यु पुष्टि

भरतपुर, २० श्रावण । नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ११ हजार ३५४ परीक्षणमा २ हजार ९७५ तथा एन्टिजेन विधिबाट गरिएका ४ हजार ९४४ परीक्षणमा १ हजार १३२ जनामा […]
महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ– नेता श्रेष्ठ

काठमाडौँ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन । राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा […]
न्याय बाँड्दै भरतपुर महानगरको न्यायिक समिति

भरतपुर, २० साउन। भरतपुर १५ की एक महिलाले भरतपुर महानगरको न्यायिक समितिमा २०७५ चैतमा एउटा मुद्दा दर्ता गरिन् । ‘माना चामल भराइ पाउँ’ भनी उनले श्रीमानलाई प्रतिवादी बनाएर मासिक रुपमा खर्च बेहोनुपर्ने माग गरेकी थिइन् । नेपाल सरकारको उपसचिव पदमा कार्यरत श्रीमानले आफूलाई र छोरालाई खानलाउन नदिएको, औषधीउपचारमा बेवास्ता गरेको भन्दै दायर मुद्दामा उनले मासिक रुपमा […]
चितवनका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित फेरि बढ्न थाले

भरतपुर, २० श्रावण । स्वास्थ्य कार्यालय चितवनले बुधबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २५३ पुगेको छ । आइतबारसम्म सो संख्या २०८ रहेको थियो । हाल अस्पतालका आइसीयु कक्षमा ८७ जना, एचडीयू कक्षमा ५५ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल […]
चितवनमा एकै दिन २१५ जना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

भरतपुर, २० श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप २१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४६ जनामा पीसीआर तथा ६९ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ७७७ जनाको स्वाब संकलन […]
भेरो सेलको पहिलो मात्रा लगाएका ५५ वर्षमाथिकालाई साउन २२ देखि दोस्रो मात्रा

भरतपुर, २० साउन । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत साउन २२ गतेदेखि ५५ वर्षमाथिका लक्षित वर्गलाई भेरो सेल खोपको दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले देशभरका ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई खोप अभियानको सञ्चालनका सम्बन्धमा परिपत्र पठाएको हो । विभागले भेरो […]
भूमिसम्बन्धी समस्या आयोगको विघटनले भूमिहीनहरूको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गर्यो : एमाले

काठमाडौँ, २० साउन । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयले देशभरका लाखौँ भूमिहीन तथा सुकुम्बासीहरू, दलित तथा अव्यवस्थित बसोबासीहरूको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको आयोग खारेज गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले आयोग खारेज […]
दार्चुला पुगेको छानबिन समितिले अनुसन्धान थाल्यो

दार्चुला, २० साउन । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ […]
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सकारात्मक कदम: नेता थापा

चितवन, २० साउन। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड द्एिका छन ।बुधबार पत्रकारहरुसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताए । नेता थापाले भने, “नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको […]
आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा

धादिङ, २१ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो । त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५ सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच […]
बाढीपहिराले सडकमा ८० करोडको क्षति

काठमाडौँ, २० साउन । वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख ९उपमहानिर्देशक० भीमार्जुन अधिकारीले […]
उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

सिन्धुपाल्चोक, २० साउन । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको […]