रोमाञ्जक जितले संकटा सेमीफाइलनमा

भरतपुर, ०५ कात्तिक जावलाखेल क्लवविरुद्ध रोमाञ्चक जित हात पार्दै संकटा क्लब काठमाडौं नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले जावलाखेललाई टाई–ब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोली १–१ मा रोकिएपछि गरिएको टाई–ब्रेकरमा जावलाखेलका विमल घिसिङको प्रहार संकटाका गोलकिपर राजाबाबु […]

विप्लव समूहका नेता लोहनी पक्राउ

भरतपुर, ५ कात्तिक नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज (मंगलबार) बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । लोहनी सो समूहद्वारा सञ्चालित रातो […]

एक फलफूलको बोट: रु दशको नोट

मुग्लिन, ५ कात्तिक चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम […]

कार्यविधि मस्यौदा तयार

भरतपुर, ५ कात्तिक सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । कार्यालयले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले कार्यालयले हालसम्म गरेका काम र भावी योजनाका विषयमा तयार गरिएको कार्यविधिको प्रस्तुतीकरण गर्नुभएको थियो […]

चितवनमा ६ वटा तरकारी संकलन केन्द्र निर्माण

ध्र्रुवराज खनाल रत्ननगर, ४ कात्तिक किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको उचित मूल्य दिलाउन चितवनमा तरकारी र फलफूलको संकलन केन्द्र निर्माण गरिएका छन् । संघीय सरकारको सहकारी बजार विकास कार्यक्रमअन्तर्गत चितवनमा ६ वटा तरकारी तथा फलफूलल संकलन केन्द्र निर्माण गरिएका हुन् । बाँकी ६ वटा यसैवर्ष निर्माण गरिने सहकारी बजार विकास कार्यक्रमका फोकल पर्सन तथा […]

चन्दा संकलन गर्ने माध्यम बन्दै भागवत पुराण

शिव गौतम भरतपुर, ४ कात्तिक वैदिक सनातनी धर्मावलम्बीहरूका लागि श्रीमद् भागवत् एउटा महत्त्वपूर्ण ग्रन्थ हो । नेपाली समाजमा पनि भागवत् पुराण लगाउने चलन पहिल्यैदेखि चल्दै आएको छ । भागवत् सुन्दा र सुनाउँदा पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक पूर्णशंकर गौतम भन्छन्, “नेपाली समाजमा विभिन्न समयमा सप्ताह पुराण […]

पाँच खेलाडी अमेरिका जाने

रत्ननगर, ४ कात्तिक रत्ननगरमा सम्पन्न तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएका छन् । अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि उनीहरु छानिएका हुन् । रत्ननगर, सरित सौरहा, न्यू स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ […]

तिहारलाई सयपत्री फूल तयार

विप्लव काफ्ले भरतपुर, ४ कार्तिक चितवनमा सयपत्री फूल खेतीतर्फ किसान आकर्षित भएका छन् । तिहारलाई लक्षित गरी फूलखेती गर्ने क्रम बढ्दो छ । माडी–७, किर्तनपुरमा करिब ९ कठ्ठा क्षेत्रफलमा व्यावसायिक फूलखेती सुरु भएको छ । ७ जना मिलेर खेती गरेका छन् । “तिहारकै लागि ५ हजार माला उत्पादन हुँदैछ”, किसान फणिन्द्रनाथ दुवाडीले भने, “बजारीकरणको समस्या […]

चितवनका चिकित्सक सुरक्षाको माग गर्दै आन्दोलित

विप्लव काफ्ले भरतपुर, ४ कात्तिक बिरामीको मृत्युपछि अस्पताल तोडफोड गरिएपछि चितवनका चिकित्सकहरु आन्दोलित बनेका छन् । नेपाल चिकित्सक संघ–चितवनले चिकित्सक असुरक्षित बनेको भन्दै सुरक्षा माग गरेको छ । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आक्रोसित समूहले भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार तोडफोड गरेको थियो । घटनापछि चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै आकस्मिकबाहेकका सबै सेवा ठप्प […]