रोमाञ्जक जितले संकटा सेमीफाइलनमा

भरतपुर, ०५ कात्तिक

जावलाखेल क्लवविरुद्ध रोमाञ्चक जित हात पार्दै संकटा क्लब काठमाडौं नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले जावलाखेललाई टाई–ब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोली १–१ मा रोकिएपछि गरिएको टाई–ब्रेकरमा जावलाखेलका विमल घिसिङको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले रोकेपछि जावलाखेल उपाधि यात्राबाट बाहिर भएको हो ।

  निर्धारित समयको खेलमा अधिकांश समय संकटाले नियन्त्रण कायम गरेको थियो । उसका लागि जर्सी नम्बर ९ का विश्वास श्रेष्ठले पहिलो हाफको १५ औं मिनेटमा गोल गरी १–० को अग्रता दिलाएका थिए । त्यसपछि पाएका कयौं मौका गुमाएको जावलाखेलले बराबरी गर्न इञ्जुरी समयसम्म कुर्नुप¥यो ।

जावलाखेलका लागि जर्सी नम्बर २१ का विमल घिसिङले इञ्जुरी समयमा गोल गरे ।

त्यसपछि गरिएको टाई–ब्रेकरमा संकटाका अमित तामाङ र जावलाखेलका विशाल तामाङको प्रहार विफल भएको थियो । जावलाखेलका विमल घिसिङको प्रहार रोकेका संकटाका गोलरक्षक राजाबाबु थापा म्यान अफ दी म्याच बने । उनले नगद १० हजार पुरस्कार पाए ।

आजको खेलसँगै प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । अब संकटाले फाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्नेछ । त्यसअघि बुधबारको पहिलो सेमीफाइनलमा नेपाल आर्मीले गृहटोली चितवन–११ को सामना गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट