पाँच खेलाडी अमेरिका जाने

रत्ननगर, ४ कात्तिक
रत्ननगरमा सम्पन्न तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएका छन् । अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि उनीहरु छानिएका हुन् ।

रत्ननगर, सरित सौरहा, न्यू स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन् । त्यसमा पुरुष ३ र महिला २ छन् ।
पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रञ्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भएको तेक्वान्दो संघ चितवनका अध्यक्ष पुष्प जोशीले जानकारी दिए । महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन् । दुवै सीतापाइलाका हुन् । छनोटसँगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाएका छन् ।
आईओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन् ।
गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिस खड्का अनुशासित प्रशिक्षक चुनिए । इच्छाकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो । सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई रत्ननगर नगरपालिका उपप्रमुख विमला दवाडी, आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, लव गोर्खाली, प्रतियोगिता संयोजक पुष्पराज जोशीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट