चितवन, ८ जेठ ।
वर्षासँगैको चट्याङ लागेर इच्छाकामना गाउँपालिका–१, क्याङसिराङका ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको छ । बाटोमा हिँडिरहेका चेपाङको बुधबार चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिरु चेपाङसँगै हिँडिरहेका ३२ वर्षीय दिल बहादुुर चेपाङ भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । दिल बहादुर बिरुका भतिज हुन् । मनसुन सुरु हुनुअघि हावाहुरी र वर्षासँगै चट्याङ पर्ने गरेको छ ।




