कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह `अक्करे भीरको बाटो हिँडेपछि´ सार्वजनिक

भरतपुर, १० जेठ ।
कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह `अक्करे भीरको बाटो हिँडेपछि´ सार्वजनिक भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा बिहीबार भरतपुरमा भएको कार्यक्रममा कविकी आमा उमादेवी त्रिपाठी, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, बुद्धचोक टोल विकास संस्थाका अध्यक्ष कुसुमाकर अधिकारी, कवि भूपिन, गणेश श्रमणलगायतले पुस्तक विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि कवि भूपिन र गणेश श्रमणले समीक्षात्मक टिप्पणी राखे । `कवि उपेन्द्रले कवितामा मानव सम्बन्ध, दु:ख अभाव, सामाजिक बेथिति जस्ता विषयवस्तुलाई समेट्नुभएको छ´ भूपिनले भने ।

कार्यक्रममा सागर कार्कीले स्वागत मन्तव्य राखेका थिए । डिजिटल माध्यमबाट कविका विद्यार्थी करुणा देवकोटा र सञ्जय पौडेलले मन्तव्य राखेका थिए । त्यसैगरी साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, सञ्चिता ढुंगाना र शिक्षक सहकर्मी शारदा शर्मा पौडेलले पनि मन्तव्य राखेकी थिइन् । कवि त्रिपाठीले कार्यक्रममा ५ वटा कविता सुनाएका थिए । कार्यक्रमलाई अक्षर समूहका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट