गीता अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान

मकवानपुर, १० जेठ । चलचित्र पत्रकार एवं गीतकार गीता अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट हेटौँडामा सम्मानित भएकी छिन् । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँसहितकाे नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेकाे हाे । मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध […]
जन्मदिनमा लम्सालले दिए माडी क्याम्पसलाई किताब

माडी, १० जेठ । चितवनमा जन्मदिवसलगायतका विभिन्न अवसरमा पुस्तक वितरण गर्ने प्रचलन अभियानका रूपमा अगाडि बढेको छ । यसैक्रममा प्रदेश युवा परिषद् जिल्ला कार्यसमिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालले जन्मदिनको अवसर पारेर माडी क्याम्पसलाई पुस्तक सहयोग गरेका छन् । बिहीबार विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तित्वको उपस्थितिमा लम्सालले माडी क्याम्पसका प्रमुख रामकृष्ण क्षेत्रीलाई पुस्तकालयमा रहनेगरी २१ थान […]
कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह `अक्करे भीरको बाटो हिँडेपछि´ सार्वजनिक

भरतपुर, १० जेठ । कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह `अक्करे भीरको बाटो हिँडेपछि´ सार्वजनिक भएको छ । अक्षर समूह चितवनको आयोजनामा बिहीबार भरतपुरमा भएको कार्यक्रममा कविकी आमा उमादेवी त्रिपाठी, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, बुद्धचोक टोल विकास संस्थाका अध्यक्ष कुसुमाकर अधिकारी, कवि भूपिन, गणेश श्रमणलगायतले पुस्तक विमोचन गरेका हुन् । विमोचनपछि कृतिमाथि कवि भूपिन र […]