हेटौंडामा एक जना पुरुष मृत फेला

मकवानपुर, ८ जेठ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार हेटौंडा–१२ बस्ने ४० वर्षीय दिलिपबहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय तिलकबहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको मुचुल्कापश्चात शव हेटौंडा अस्पतालमा ल्याएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट