बागमती प्रदेश मन्त्रिपरिषद्का ४ वटा निर्णय

मकवानपुर, ८ जेठ । बागमती प्रदेश मन्त्रीपरिषद्को मंगलबारकाे बैठकले ४ वटा निर्णय गरेकाे छ । बैठकले  २ वटा विधेयक प्रदेश सभामा पेश गर्ने तथा २ वटा मन्त्रालयकाे दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक २०८१ तथा प्रदेश उच्च […]

नागरिकताको विषयमा कैलाश सिरोहिया पक्राउ

काठमाडौं, ८ जेठ । नागरिकताको विषयमा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । मंगलबार नै जिल्ला अदालत धनुषाले उनी बिरुद्द पक्राउ आदेश जारी गरेको थियो । उनको बाबू घासीराम माडवारी अंगिकृत नागरिक भए पनि नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको र नागरिकता लिँदाको […]

हेटौंडामा एक जना पुरुष मृत फेला

मकवानपुर, ८ जेठ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार हेटौंडा–१२ बस्ने ४० वर्षीय दिलिपबहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन् । स्थानीय तिलकबहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको मुचुल्कापश्चात […]

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा […]