मनहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुर, ४ जेठ ।
मकवानपुर जिल्लाको मनहरीमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका-६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

गोठाला गएका बेला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीले आक्रमण गरी घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेका राई बिहीबार साँझ गोठाला गएका थिए ।

उनको शव शुक्रबार बिहान क्षतविक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । राईको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालले मनहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट चराउन लगिएका २ वटा राँगा पनि घाइते भएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिएका छन् ।

मकवानपुर प्रहरीका अनुसार राईको शव पोष्टमार्टमको लागि अहिले हेटौंडा अस्पतालमा राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट