नेता भुसालमाथिको कारवाही सिफारिस एमालेद्वारा अनुमोदन

भरतपुर, ३१ जेठ ।
नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।

भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

यसअघि आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेको थिएन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट