निवर्तमान उपमेयर लामाद्वारा गीताका छोरीहरूको अभिभावकत्व ग्रहण

खैरहनी, २२ जेठ ।
राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिं लामाले श्रीमानको क्रूर यातनाबाट ज्यान गुमाउन पुगेकी खैरहनीकी गीता माझीका दुई छोरीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।

आमाको मृत्यु तथा बाबु हिरासतमा रहेका कारणले अलपत्र अवस्था पुग्न लागेका गीताका छोरीहरुलाई उनीहरुको घरै पुगेर लामाले अभिभावकत्व ग्रहण गरेका हुन् । जस अनुसार दुई कक्षामा अध्ययनरत कान्छी छोरी सुस्मिता माझीलाई १२ कक्षासम्म पढाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै माइली छोरी निशालाई पढ्ने उमेर ढल्किसकेकोले रोजगारमुलक जुनसुकै सीप सिक्न खोजे पनि सहयोग गर्ने लामाले प्रतिबद्धता जनाएका छन् ।

माझी परिवारको कारुणिक अवस्था बारेमा समाचार माध्यमबाट जानकारी पाए पश्चात् खैरहनी ११ का वडा अध्यक्ष, खैरहनीकै कार्यपालिका सदस्य मैयाँ बिक र राप्ती नगरपालिका ४ का वडा अध्यक्ष केदार आचार्यको साथमा उनी माझी बस्ती पुगेका थिए । जग्गा जमिन तथा नागरिकताबिहिन माझी परिवारलाई किरिया खर्च जुटाउन समेत गार्‍हो भैरहेको अवस्थामा लामाले पाँच हजार रुपैयाँ समेत सहयोग गरेका छन् ।

अभिभावकबिहिन अवस्थामा आफ्नो सानो सहयोगले कसैको अध्ययन निरन्तरता हुन्छ र कसैको चुल्हो बल्छ भने आफ्नो गक्षले भ्याएसम्म सहयोग गर्न तयार रहेको लामा बताउँछन् । कान्छी छोरी सुस्मिता आमाको किरियामा बसेकी छन् भने उनीहरुलाई भेट्न पुगेका लामाले स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा अभिभावकत्व ग्रहण गरेका हुन् ।

सुस्मितालाई कक्षा १२ सम्म अध्ययन गर्नका लागि आवश्यक पर्ने सबै खर्च व्यहोर्ने निवर्तमान उपमेयर लामाले बताए ।

श्रीमान् रामचन्द्रले मलद्वारबाट लठ्ठी घुसाउँदा गम्भीर घाइते भएकी गीताको जेठ १६ गते निधन भएको थियो । आफ्नै श्रीमती कुट्ने ४० वर्षका रामचन्द्रलाई ज्यान मार्ने उद्योग र जवर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट