भरतपुर,२२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा भरतपुर महानगपालिकाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुई विद्यालयमा बगैंचा निर्माण गरिएको छ । बेटर चितवनको नेतृत्वमा भरतपुर २८ अन्द्र्यौलिका दुई विद्यालय श्री आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय सिसाबासमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा विद्यार्थी, शिक्षक एवम् युवा स्वयंसेवकहरुले विभिन्न जातका फूलका बिरुवाहरू लगाएका थिए । विद्यार्थीले आफ्नो विद्यालयमा फूलका बिरुवाहरू लगाउँदा खुसी भएको अनुभव व्यक्त गरेका थिए । उनीहरूले सो बगैंचाको आफै संरक्षण र रेखदेख गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल विकास समाजको तर्फबाट कार्यक्रम संयोजक ई. सागर कार्कीले विद्यार्थीहरुलाई वातावरण दिवस र फोहोर व्यवस्थापन विषयमा बालमैत्री अभ्यास समेत गराएका थिए । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नाराका साथ देश भरी नै मनाइँदै गरिएको विश्व वातावरणको विश्वब्यापी नारा भने ‘केवल एउटै पृथ्वी’ रहेको छ । पृथ्वीलाई सुरक्षित राख्न सबै सबैजना सहकार्य गरेर अघि बढ्नु पर्ने सन्देश यो नाराले दिन खोजेको छ।






