मन्त्री फेरिनु नियमित प्रक्रिया हो: नेपाल

काठमाडौं, २२ जेठ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।

एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन्।

‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो।’

मन्त्री फिर्ता बोलाउने निर्णयबाट केही मन्त्री रिसाउलान् नि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले यस विषयमा पछि कुराकानी गरिने बताए।

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।

स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।

त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने सम्भावना रहेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट