काठमाडौँ २२ जेठ ।
नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने भएको छ । उनीहरूको ठाउँमा अरू नेतालाई मन्त्री बनाउने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । उक्त भेटमा नेपालले देउवालाई पार्टीबाट मन्त्री बन्नेहरूको लिस्ट बुझाउने बताइएको छ ।
पार्टीका नेताहरू हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई सिफारिस गरेको हो ।
स्रोतका अनुसार मेटमणि चौधरीलाई शहरी विकासमन्त्री बनाउने तयारी छ । त्यस्तै श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने तयारी छ । हीरा केसीलाई भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।





