शैक्षिक संस्थाको सवलीकरणमा नगरको सहयोग रहन्छ : नगरप्रमुख न्यौपाने

देवचुली, २२ जेठ ।
देवचुलीका शैक्षिक संस्थाको सवलीकरणमा नगरको सदैव सहयोग रहने देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताएका छन् ।नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको आयोजनामा शनिबार नेपाल नमूना माविमा आयोजित दोस्रो नगर परिषद् तथा सम्मान कार्यक्रममा न्यौपानेले सो कुरा बताएका हुन् ।

नगरमा शिक्षाको स्तरउन्नतिका लागि शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नगरप्रमुख न्यौपानेले आफ्नो कार्यकालमा शैक्षिक सुधारका लागि आवश्यक पर्ने सहयोगका लागि नगर सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीका अध्यक्ष देवेन्द्रमणि त्रिपाठीको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, नगरउपप्रमुख पार्वता तिवारीको विशिष्ट आतिथ्यता, देवचुली ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीका पूर्वसचिव खिमानन्द भुसाल, नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुली नगर ईन्चार्ज अग्निधर भुसालको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको पहिलो चरणमा देवचुली नगरपालिकाबाट स्थानीय तहको निर्वाचन २०७९ मा विजय हासिल गर्न सफल नगरप्रमुख हरिप्रसाद न्यौपाने, नगरउपप्रमुख पार्वता तिवारी र निवृत शिक्षकबाट वडाध्यक्ष बनेका देवचुली ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । त्यस्तै नगरउपप्रमुख, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुर अध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीका पूर्वसचिव खिमानन्द भुसाल, नगर ईन्चार्ज अग्निधर भुसालले दोस्रो नगर परिषदको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीका सचिव हेराबहादुर खत्रीले वार्षिक प्रतिवेदन वाचन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने नगर कोषाध्यक्ष डोलराज सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

भेलामा उपस्थित सबैले ताली बजाएर दुवै प्रतिवेदन पास गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीमा आवद्ध शिक्षकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सकुन्तला लम्सालले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट