सूचिकृत नभएका ठेकेदारका कारण चितवनका स्वरोजगार निर्माण व्यवसायी समस्यामा

भरतपुर, १९ चैत ।
चितवनका स्वरोजगार निर्माण व्यवसायीले सूचिकृत नभएका ठेकेदारका कारण काम नपाइएको गुनासो गरेका छन् । चितवन स्वरोजगार निर्माण संघको ८औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष कृष्णबहादुर पौडेलले सूचिकृत नभएका ठेकेदारका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको बताए । भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम समेत नलिएका मजदुरहरु मार्फत सस्तो दररेटमा निर्माण काम लिँदा स्वदेशी ठेकेदारहरु मारमा परेको बताए । निर्वतमान अध्यक्ष शुक्रबहादुर मिजारले दररेटमै अस्वभाविक कमी गरिँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । घर निर्माण गर्दा प्रति स्क्वायर फिट २ सय २० देखि २ सय ८० रुपैयाँ हुनुपर्नेमा १ सय ७० देखि १ सय ९० रुपैयाँसम्म ठेक्का लिने प्रचलन बढेको बताए । मजदुरको ज्याल बढेपनि निर्माणको रकम नबढ्दा समस्या आएको बताए । भरतपुर महानगरका इञ्जिनियर सूर्यप्रकाश लामाले भूकम्प प्रतिरोधात्मक भवन संरचना निर्माण गर्न सबैलाइ तालिम र सचेतना दिन महानगर प्रतिवद्ध रहेको बताए । नक्सा पास विना भवन, पुल निर्माण गर्न नपाइने भएकाले मापदण्ड पालना गराउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष उत्तम घिमिरे, प्रवक्ता केदारनाथ अधिकारी, चितवन निर्माण सेवा संघका अध्यक्ष कुलबहादुर राई, चितवन स्वरोजगार निर्माण संघका लेखा समिति संयोजक चेतनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । साधरणसभामा सचिव गौतम बहादुर नेपाली, कोषाध्यक्ष रामबहादुर मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । करिब २० वर्ष ढलान व्यवसाय गर्दै आएका भरतपुर-१० का कृष्णबहादुर भण्डारीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । भण्डारी डेढ वर्षदेखि मृगौला रोगको उपचार गराउँदै आएका छन् । यस्तै कार्यलय भवन निर्माणमा सहयोग गर्ने १४ जनालाई सम्मान गरिएको छ । भरतपुर-११ भोजाडमा जग्गा भाडामा लिएर संघको कार्यालय भवन निर्माण कार्य जारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट