जयनगर-जनकपुर नियमित रेलसेवा आजबाट शुरू हुँदै

जनकपुरधाम, १९ चैत ।
भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म आजबाट रेलसेवा शुरू हुँदैछ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्‍त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा यो रेलसेवाको भर्चुअल उद्घाटन गर्नेछन् ।

त्यसपछि नियमित रूपमा रेलसेवा शुरू हुने नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । यसअघि पटकपटक रेल सञ्चालनको मिति तोकिएपनि नियमित रूपमा रेलसेवा सञ्चालनमा आउन सकेको थिएन ।
देउवा र ओलीबीच हैदरावाद हाउसमा हुने भेटवार्तापछि रेल उद्‍घाटनको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री मोदीले देउवाको सम्मानमा दिवाभोज समेत आयोजना गर्दैछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट