एपिएफलाई उछिन्दै धनगढी शिर्ष स्थानमा

भरतपुर,१७ चैत ।

राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले फराकिलो जित दर्ता गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा धनगढीले ललितपुरलाई ६–० ले हराएको हो ।
एकतर्फी खेलमा धनगढीलाई जिताउन कप्तान चन्द्रा भण्डारीले दुई तथा अन्जना थुलुङ राई, ममता पुन, बिर्सना चौधरी र अनिता लम्जेलले समान एक(एक गोल गरे ।
खेलको नवौं मिनेटमा नै धनगढीले ललितपुरविरुद्ध अग्रता लिएको थियो । धनगढीका लागि अन्जनाले पहिलो गोल गरिन् । १६ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाईन् ।
३९ औं मिनेटमा ममताले गोल गर्दै धनगढीलाई ३–० को अग्रता दिलाईन् । दोस्रो हाफमा धनगढीले ३ गोल थप्यो । ५५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीले ४–० को अग्रता लियो ।
६५ औं मिनेटमा बिर्सनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै धनगढीलाई ६–० को फराकिलो जित दिलाईन् । खेलको प्लेयर अफ दि म्याच धनगढीकी बिर्सना घोषित भईन् ।
जारी लिगमा धनगढीको यो लगातार तेस्रो जित हो । यस अघि धनगढीले पहिलो खेलमा वालिङलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा चन्द्रपुरलाई २–१ ले हराएको थियो ।
ललितपुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चन्द्रपुरलाई १–० ले हराएको ललितपुर दोस्रो खेलमा त्रिभुवन आर्मीसँग ७–० ले पराजित भएको थियो ।
यो जितपछि धनगढी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीको ९ अंक छ । समान खेलबाट ललितपुरले ३ अंक जोडेको छ । तीन खेलबाट ९ अंक नै भए पनि सशस्त्र प्रहरी बल (एपिएफ) गोल आधारमा दोस्रो स्थानमा छ ।
यस अघि आजै भएको पहिलो खेलमा एपिएफ एफसीले वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बा चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक(एक गोल गरे ।
पहिलो हाफमा एपिएफले २ गोल ग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा साम्बा मैदान प्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी साम्बाले ५१ औं मिनेट व्यक्तिगत गोलको खाता खोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् ।
६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४–० को अग्रता लियो । ७५ औं मिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ७९ औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो ।
लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन् । खेलको प्लेयर अफ दि म्याच एपिएफकी साम्बा भईन् । लिगमा शनिबार दुई खेल हुनेछ । शनिबार पहिलो खेल दिउँसो १ः१५ बजे एपिएफ र चन्द्रपुरबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट