भरतपुर, १४ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशभरि नै सो उमेर समूहका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो ।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउन आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ । उनले यस अभियानपश्चात् अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने जानकारी दिए ।





