२०७८ चैत १५ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
पर्यटक सुरक्षासँगै पर्यटन प्रबर्द्धनमा छलफल

सौराहा, १५ चैत । पर्यटकीय नगरी सौराहामा पर्यटक सुरक्षा तथा पर्यटन प्रवर्द्धनमा स्थानीय व्यवसायी, सरोकारवाला निकाय तथा प्रहरीको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा पर्यटकको सुरक्षा र पर्यटन व्यवसायको प्रवर्द्धनका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, […]
चैत २५ देखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप
भरतपुर, १४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशभरि नै सो उमेर समूहका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउन […]
साम्बा चम्किँदा एपिएफको लगातार दोस्रो जित

भरतपुर,१४ चैत । सावित्रा भण्डारी साम्बाको एक गोल र एसिस्टमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले राष्ट्रिय महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा एपिएफले अर्को बिभागीय टोली नेपाल पुलिसलाई २-० ले पराजित गरेको हो । एपिएफको जितमा प्रिती राई र सम्बाले एक-एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]
राष्ट्रिय युवा संघ नेपाल राप्ती-५ को अध्यक्षमा घिसिङ

राप्ती, १४ चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राप्ती नगरपालिका वडा ५ को अध्यक्षमा विशाल घिसिङ चयन भएका छन् । सोमबार भएको वडा अधिवेशनमा घिसिङको अध्यक्षतामा ३९ सदस्यीय समिति सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा दिनेश रुम्बा, सचिवमा भुवन तामाङ, उप सचिवमा नवीन तिवारी, एडम बर्तौला र विशाल सारु मगर […]
सुकुम्बासीको घर जलाएको भन्दै एमाले चितवनको आपत्ति

भरतपुर,१४ चैत। माडी–९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सुकुम्बासी बस्तीको घर जलाएको घटनाको नेकपा एमाले चितवनले भत्र्सना गरेको छ । एमाले चितवनले सोमबार प्रेष विज्ञप्ती जारी भूमिहीन सुकुमवासीहरुको घरमा मूल मान्छे नभएको मौकामा आगजनी गरी घरभित्र भएका अन्नपात तथा लत्ताकपडासमेत झिक्न नपाई नष्ट गरेको भन्दै भत्सर्ना गरेको हो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्धारा जारी […]
प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा आरजु राणा देउवा पनि हुनेछिन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल […]
कुर्घाका ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, १४ चैत । कुर्घा चितवन नवलपुर सम्पर्क समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाज स्थापना भएपछि पहिलोपटक ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । पर्वत जिल्लाको साबिक कुर्घा गाविसबाट बसाइँसराइ गरि चितवन तथा नवलपरासीपूर्वमा बसोबास गर्दै आइरहेका ८० वर्ष माथिका २२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समाजका उपाध्यक्ष नेत्र पौडेलले बताए । समाजका अध्यक्ष […]
१६६ जना पत्रकारको रगतको नमूना संकलन

भरतपुर, १४ चैत । चितवन जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा सोमबार रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पताल प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको छ । उक्त नमूनाबाट […]
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, १४ चैत । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने भएको हो । मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने बताइएको छ । स्थानीय चुनाव नजिकिएकाले बैठक चुनाव केन्द्रीत भएर केही निर्णय गर्नसक्ने एक मन्त्रीले बताए । आजको बैठकले विभिन्न देशका […]
कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

भरतपुर, १४ चैत । चुनावी तालमेलका विषयमा निर्णय गर्न सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ। तालमेलको पक्ष÷विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्यकताको सिद्धान्तअनुसार तालमेलको पक्षमा निर्णय लिने नेताहरूको भनाइ छ । गएको शुक्रबारदेखि जारी बैठक […]