साम्बा चम्किँदा एपिएफको लगातार दोस्रो जित

भरतपुर,१४ चैत ।

सावित्रा भण्डारी साम्बाको एक गोल र एसिस्टमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले राष्ट्रिय महिला लिगमा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा एपिएफले अर्को बिभागीय टोली नेपाल पुलिसलाई २-० ले पराजित गरेको हो । एपिएफको जितमा प्रिती राई र सम्बाले एक-एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दुबै गोल दोस्रो हाफमा भयो । ५० औं मिनेटमा पुलिसकी निरु थापाको प्रहार एपिएफफी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले मुस्किलले बचाईन् । लगत्तै ५५ औं मिनेटमा एपिएफले गोल ग¥यो ।
पहिलो हाफमा दोस्रो हाफमा अनिता बस्नेतको स्थानमा मैदान प्रवेश गरेकी प्रिती राईले एपिएफलाई अग्रता दिलाईन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्रा भण्डारी साम्बाले ५१ औं मिनेटमा लेफ्ट विङबाट गरेको सुन्दर पासमा प्रितीले ट्याप इन गोल गरिन् ।
दोस्रो हाफमा मैदान छिरेकी सम्बाले खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै एपिएफको गोल सुनिश्चित गरिन् । उनी नै प्लेयर अफ दि म्याच घोषित भईन् ।

यससँगै एपिएफले जारी लिगमा लगातार दोस्रो जित निकालेको छ । यस अघि एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी एफसीलाई पराजित गरेको थियो । एपिएफले दुई खेलबाट ६ अंक बनाएको छ । समान खेल खेलेको पुलिसको ३ अंक छ । पुलिसले पहिलो खेलमा विराटनगरलाई पराजित गरेको थियो ।

यस अघि आजको पहिलो खेलमा धनगढीले चन्द्रपुरलाई पराजित गरेको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा धनगढीले चन्द्रपुरलाई २(१ ले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन बिर्सना चौधरी र कप्तान चन्द्रा भण्डारीले समान एक(एक गोल गरे । चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काईन् ।

खेलको ४५ औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिईन् । डिबक्स बाहिरबाट उनले गरेको प्रहार घनगढीकी गोलकिपर कविता विकले पत्तै पाईनन् ।

तर चन्द्रपुरको अग्रता ३ मिनेट पनि टिकेन । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा धनगढीले पेनाल्टी पायो । डिबक्स भित्र चन्द्रपुरकी डिन्फेन्डरले ह्याण्ड गरेपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै धनगढीकी बिर्सनाले बराबरी गोल फर्काईन्।

लगत्तै दुई मिनेटपछि धनगढीले अग्रता लियो । क्याप्टेन चन्द्राले एकल प्रयासमा गोल गर्दै धनगढीलाई अग्रता दिलाईन् । दोस्रो हाफमा चन्द्रपुरले लगातार आक्रमक खेल प्रस्तुत गरे पनि फिनिसिङ कमजोर रह्यो । खेलमा थप गोल भएन र धनगढी २(१ ले विजयी भयो ।

खेलको प्लेयर अफ दि म्याच धनगढीकी कप्तान चन्द्रा घोषित भईन्। यो जितपछि दुई खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीले ६ अंक बनाएको छ । दुई खेलमा नै पराजित भएको चन्द्रपुर अंकबिहिन छ ।
लिग अन्तर्गत बुधवार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे चन्द्रपुर र विराटनगरबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीच हुनेछ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट