राप्ती, १४ चैत ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राप्ती नगरपालिका वडा ५ को अध्यक्षमा विशाल घिसिङ चयन भएका छन् । सोमबार भएको वडा अधिवेशनमा घिसिङको अध्यक्षतामा ३९ सदस्यीय समिति सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा दिनेश रुम्बा, सचिवमा भुवन तामाङ, उप सचिवमा नवीन तिवारी, एडम बर्तौला र विशाल सारु मगर कोषाध्यक्षमा लक्ष्मी मिजार चयन भएका छन् ।
भेलाले सरोज घलानको संयोजकत्वमा ९ सदस्यीय युथ फोर्स पनि गठन गरेको छ । त्यस्तै अविप कँडेलको संयोजकत्वमा साइबर सेना र सुभाष पुरीको संयोजकत्वमा प्रचारप्रसार तथा युवा परिचालन विभाग पनि गठन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला सह इन्चार्ज केदार आचार्यको प्रमुख आतिथ्यमा समिति चयन भएको हो । कार्यक्रममा उनले नयाँ कार्यसमितिलाई सपथ खुवाएका थिए । त्यस्तै अतिथिहरुमा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द प्रसाद कँडेल, राप्ती नगरपालिका इन्चार्ज सिताराम बल, राप्ती नगर अध्यक्ष पूर्ण थापा, नगर उपाध्यक्ष श्यामसुन्दर उप्रेती, युवा संघ केन्द्रीय सदस्य विश्वशान्त लामा, जिल्ला कमिटी सदस्य निलिमा गोम्बो, युवा संघ जिल्ला कमिटी सदस्य नगेन्द्र अधिकारी, युवा संघ नगर संयोजक उत्तम सेढाई, युवा संघ नगर सचिव सोम पुन, तामाङ घेदुङ संघ केन्द्रीय सचिव गोमन लामा, अनेरास्ववियु जिल्ला कमिटी सदस्य सुजन थापा र प्रताप उप्रेती रहेका थिए ।
खुल्ला र बन्द सत्र गरि कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम युवा संघ वडा अध्यक्ष प्रमोद धरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।





