माओवादी बन्दसत्रले पारित गर्‍यो प्रचण्डको राजनीतिक प्रतिवेदन

भरतपुर, १६ पुस ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले उनको प्रतिवेदन पारित गरेको हो ।

यसअघि विभिन्न २५ समूह बनाएर माओवादीले प्रचण्डको प्रतिवेदनमाथि सुझाव लिएको थियो । प्रतिवेदनका विषयमा राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्तुत गरेका थिए ।

बुधबार र बिहीबार दुई दिन २५ समूहका नेताले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिएका थिए । प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट