गंकी धुस्वाँ-बसुन्धरा पुरस्कार निलम कार्की ‘निहारिका’लाई

भरतपुर, १६ पुस ।
गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानले दुई पुरस्कार घोषणा गरेको छ ।

प्रतिष्ठानका सचिव प्रतिसरा सायमिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा २०७८ सालको गंकी धुस्वाँ-बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की ‘निहारिका’लाई र धुस्वाँ सायमि सिर्जना पुरस्कार कलाकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गरिने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशी जनही ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ। ‘निहारिका’ले आफ्नो उपन्यास ‘द्रौपदी अवशेष’का लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।

गंकी धुस्वाँ-बसुन्धरा पुरस्कारको लागि साहित्यकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवि प्रतिसरा सायमि सदस्य रहेको समिति तथा धुस्वाँ सायमि सिर्जना पुरस्कारको लागि कलाकार हरिप्रसाद वैद्यको संयोजकत्वमा कवि सुरेशकिरण मानन्धर र कवि प्रतिसरा सायमिसहितको छनोट समिति गठन गरिएको थियो ।

उक्त दुवै पुरस्कार यही आउँदो माघ १ गते प्रदान गरिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट