भरतपुर, ११ पुस ।
लेखा क्षेत्रमा कार्यरत कर्मचारीहरुको साझा संस्था लेखा समाज चितवनको आयोजनामा शनिबार स्वागत तथा विदाई एवं वनभोज कार्यक्रम गरिएको छ ।
रत्ननगर नगरपालिकाको पर्यटकीय स्थल ईकोपार्कमा आयोजित कार्यक्रममा जिल्लामा नवआगन्तुक कर्मचारीको स्वागत र अन्य जिल्लामा सरुवा भई जान लागेका लेखा कर्मचारीहरुलाई विदाई गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले लेखा क्षेत्रमा कार्यरत कर्मचारीहरुको समस्याको वारेमा आफ्ना धारणा व्यक्त गर्दै आगामी दिनमा सेवा झन् प्रभावकारी वनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
लेखा समाज चितवनका अध्यक्ष शरदचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न समाजको नियमित वैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ । वैठकले उपाध्यक्षमा दिलबहादुर खड्का, सहसचिवमा नारायणप्रसाद पौडेल, सदस्यमा भीमबहादुर विकलाई चयन गरेको लेखा समाज चितवनका सचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
यसअघि सम्पन्न अधिवेशनले लेखा समाज चितवनको अध्यक्षमा शरदचन्द्र शर्मा, सचिवमा कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्षमा शर्मिला न्यौपाने, सदस्यहरुमा लक्ष्मी पराजुली, राकेश श्रेष्ठ, वावुराम पौडेल, तीर्थराज शर्मा र गंगा विक चयन गरेको थियो ।
कार्यक्रममा लेखा समाज चितवनका संरक्षक कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख मणीभद्र न्यौपाने, कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद भण्डारीलगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयका लेखा शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





