माओवादी महाधिवेशनको उद्घाटन सत्र २ घन्टा सर्‍यो

काठमाडौं, ११ पुस ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रको समय सरेको छ । आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ ।

सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनिए पनि महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए ।

स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट