प्याब्सन चितवनको अध्यक्षमा अर्याल

भरतपुर, ४ पुस
प्याब्सन चितवनको अध्यक्षमा कीर्तिनिधि अर्याल चयन भएका छन् । शनिबार सम्पन्न १५औँ अधिवेशनले अर्याललाई अध्यक्ष पदमा चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सीताकुमारी रिजाल तथा उपाध्यक्षहरुमा हरिप्रसाद अधिकारी र भानुभक्त अर्याललाई चयन गरेको छ । सचिवमा मदन पुरी र कोषाध्यक्षमा विष्णुमणि लामिछाने तथा सहसचिवमा शारदा ढकाल र अमृत मल्ल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा खुलातर्फ होमबहादुर थापा क्षेत्री, विष्णुहरि अधिकारी, जीवन महतो, भीमराज कँडेल, बुद्धिराज चापागाई चयन भएका छन् भने भुगोलतर्फ कमलप्रसाद सापकोटा, नीम भुजेल, ध्रुवराज सुवेदी, राजेन्द्रप्रसाद सिलवाल, तुल्सीराम पाण्डे, राम थापा, नवराज सुवेदी सर्वसम्मत चयन भएका छन् । सहकोषाध्यक्षमा पछि मनोनित गरिने बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट