सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकको रक्तदान तथा स्वास्थ्य शिविर

भरतपुर, ४ पुस ।
भरतपुर-५स्थित ॐ मंगलम आनन्द हाटबजार समितिको आयोजनामा बृहत खुला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड भरतपुर शाखा मुख्य प्रायोजक रहेको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । त्यस्तै नि:शुल्क आयुर्वेद परामर्श तथा मधुमेह परिक्षण शिविरमा १ सय भन्दा बढिले सेवा लिएका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आम जनता र उपभोक्ताहरुले प्रत्यक्ष लाभ लिनसक्ने गरि नियमितरूपमा यस किसिमको कार्यक्रमहरू गर्दै आएको छ । उपभोक्ताहरूकै इच्छा र चाहना अनुसार यसपटक पनि सामाजिक कार्यक्रममा पनि जोडिन पाउँदा खुशी लागेको बैंकका भरतपुर शाखाका प्रबन्धक दीपचन्द्र रेग्मीले बताए ।

कार्यक्रम जिल्ला आयुर्वेद चितवनकी प्रमुख डाक्टर कोपिला अधिकारीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ चितवन सिटिका जोन चेयर पर्सन युवराज सुबेदीको विशिष्ट आतिथ्यमा गरिएको थियो । हाटबजार समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट