राप्ती, ४ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका ५ मा रहेको स्मार्ट भेराइटीले शाखा विस्तार गरेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै भेराइटीले राप्ती २ स्थित गडयौली चोकमा शाखा विस्तार गरेको हो ।
मुख्यगरि केक व्यवसायलाई निरन्तरता दिइरहेको भेराइटीले सेवाग्राहीलाई जन्मोत्सव साथै वैवाहिक बर्षगाँठका लागि आवश्यक उपहार तथा कफि, चिया बिस्कुट र कुकिज बिक्री गर्दै आएको छ ।
आइतबार धान्य पूर्णिमाको अवसर पारेर राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीको हातबाट भेराइटीको उद्घाटन गरिएको छ ।
“जन्मदिन तथा एनिभर्सरीमा मात्र नभई अहिले हरेक उत्सवमा केक काट्ने प्रचलन रहेको छ । यो स्थानमा शाखा विस्तार हुनु भनेको हामी स्थानीयलाई सहज हुनु हो ।” कार्यक्रमका प्रमुख अतिथि रहेका वडाध्यक्ष उप्रेतीले भने ।
ग्राहकहरुलाई केक उपलब्ध गराउन ढिलाई तथा असहजता महसुस भएर शाखा सञ्चालनमा ल्याएको सञ्चालक कुमारप्रसाद पाठकले बताए। “हामीले ग्राहकलाई राम्ररी सेवा दिन नसकेको पो हो कि भन्ने महसुस भयो र आजबाट काम सुरु गर्यौँ, अब उहाँहरुको इच्छा र अर्डर अनुसारको सेवा दिन सक्नेछौँ ।” उनले भने । ग्राहकको सन्तुष्टि नै पहिलो प्राथमिकता भएको पनि सञ्चालक पाठकले बताए ।





