चार सय ग्यास बुलेट भारतले रोक्यो

असार ८ /भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् ।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बाहना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए ।

उद्योगीले सबै कानूनी प्रक्रिया पूरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाणपत्र दिएको छैन ।

भारतले एक्स्प्लोसिभ प्रमाणीकरण नगरेर अल्झाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट