स्क्रबटाइफसको कीट अभाव

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी तवरबाट उपलब्ध नहुँदा बिरामी निजी अस्पतालमा धाउन बाध्य भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीका अनुसार माघयता स्क्रबटाइफसको कीट प्राप्त भएको छैन । त्यसअघि जनस्वास्थ्य कार्यालयले कीट झिकाएर भरतपुर अस्पतालमा दिँदै […]
गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

पूर्वी चितवनको इचर्नी खोलामा माछा मार्नेक्रममा गोहीले हात लगेका चितवन खैैरहनी धर्मपुरका प्रसाद महतोले सेल्फी लिँदै । महतो भरतपुरको एलाइभ अस्पतालमा उपचारपश्चात घर फर्किएका छन् । तस्बिर: रासस चितवन, ८ असार । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो । […]
दूत मार्ग समयमै सम्पन्न गर्न कार्यविधि पारित
८ असार । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई÷मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो । यस्तै बैठकले एसियाली […]
खानीको अध्ययन नयाँ प्रविधिबाट गरिने
८ असार । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज खोजतलासका लागि हाल पुराना प्रविधिको प्रयोग गर्दै आएपनि अब भने नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका […]
‘गोरखाल्यान्ड र मधेसको माग जायज हो’ – भट्टराई

८ असार । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई गोरखाल्यान्डको पक्षमा उभिएका छन् । भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा विगत एक सातादेखि गोरखाल्यान्डको माग गर्दै भएको आन्दोलन उत्कर्षमा पुगेका बेला बाबुरामले भारतको गोरखाल्यान्डको माग जायज रहेको उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराईले बिहीबार बिहान ट्विट गर्दै भारतको आन्तरिक मामिलामा आफ्ना धारणा सार्वजनिक गरेका हुन् […]
सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

८ असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ । कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो । शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी […]
एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो ः नेता नेम्वाङ

इलाम, ८ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू […]
सुडान घोटालाको फैसला कार्यान्वयन
लामो समयपछि फैसला भएर पनि कार्यान्वयनमा नआएको सुडान घोटाला काण्डका मुख्य दोषी जेजचलान भएका छन् । सर्वोच्च अदालतका निडर र पेशाप्रति निकै नै इमानदार मानिएकी प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले गरेको फैसलाअनुसार सुडानको डार्फरमा पठाइएका प्रहरीलाई चाहिने एपीसीलगायत सामान खरिदमा घोटाला गरेको ठहर भएका पूर्व प्रहरी प्रमुखहरु जेल पठाइएका हुन् । यसले कानूनभन्दा माथि कोहीपनि हुन […]
निकुञ्जभित्र फेरि अल्झियो समस्या

विप्लव काफ्ले/कायाकैरन भरतपुर,८ असार। माडीमा असार ३ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ । चितवन राष्ट्रिय निकुञ्जभित्रबाट लगिएको भूमिगत तार प्रणालीमा समस्या आएपछि असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध बनेको हो । विद्युत् प्रशारणको सफल परीक्षणपछि झण्डै ७ महिनापछि फेरि समस्या बल्झिएको छ । माडी विद्युत् सबस्टेशनका ईञ्चार्ज तथा इलेक्ट्रिकल सुपरभाइजर आनन्द कुँवरले बुधबार दिउँसोमात्रै समस्या […]
जनप्रतिनिधिलाई स्वास्थ्य बीमाको जानकारी
रत्ननगर,८ अअसार सरकारले लागू गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रमको बारेमा बुधबार जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जानकारी गराइएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन शहरी स्वास्थ्य क्लिनिक नरकटियाले अन्तरक्रिया कार्यक्रम आयोजना गरी वडा नम्बर ८ र वडा नम्बर ९ का जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रम बारेमा जानकारी गराएको हो । कार्यक्रममा सरकारले […]
बाढीपिडितको बस्ती नमूना बनाउँछौं ः ढकाल
माडी,८ असार । माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले बाढीपीडितबारे चासो देखाएका छन् । माडीको अमिलियामा बाढीबाट पीडित स्थानीयलाई बसोबासमा समस्या भएपछि सहज बसोबासको वातावरण बनाउने उद्देश्यले माडीका मेयर ठाकुरप्रसाद ढकालसहित सरोकारवालाको टोलीले अनुगमन गरेको हो । वि.सं. २०६७ सालमा रिउ खोलमा आएको बाढीले अमिलिया गाउँ नै सखाप पारेको थियो । बाढीपछि त्यहाँका स्थानीय अन्यत्र स्थानान्तरण भए […]
भ्रष्टचारी जेल चलान

काठमाडौं,८ असार । सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपीसहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजीपी दीपकसिंह थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोशबमोजिम जेल चलान गरिएको हो । सर्वोच्च […]
चार सय ग्यास बुलेट भारतले रोक्यो

असार ८ /भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बाहना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद […]