गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

पूर्वी चितवनको इचर्नी खोलामा माछा मार्नेक्रममा गोहीले हात लगेका चितवन खैैरहनी धर्मपुरका प्रसाद महतोले सेल्फी लिँदै । महतो भरतपुरको एलाइभ अस्पतालमा उपचारपश्चात घर फर्किएका छन् । तस्बिर: रासस

चितवन, ८ असार । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । “आफनो फोटो त राख्नै प¥यो नि”, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने ।

गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।

हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । भन्छन् – “सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउनुपर्ला ।”

स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । “सर राति हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने – हात जोडिराखेकै छ जस्तो हुने ।”
भmन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।

दुई महिनाअघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्ने क्रममा गोहीले समाएर पानीमुनि पु¥याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट