भरतपुर, १५ माघ
सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली काँग्रेस चितवनले विरोध सभागर्ने भएको छ । दुई तिहाईको आडमा जनविरोधीकाम गरेको भन्दै काँग्रेसलेविरोध सभागर्न लागेको हो । सरकारले सुसाशनकायमगर्न नसकेको भन्दै सरकार विरुद्ध भरतपुरमाशक्तिप्रदर्शनको तयारी सुरु गरिएको छ । माघ २१ गते सोमवार भरतपुरमा मध्यान्न सवा १२ बजे चौविसकोठीबाट ¥याली सुरु गरि पुल्चोकमा सभागरिने नेपाली काग्रेस चितवनले जनाएको छ । भेलाका लागी आज पार्टीको जिल्ला , क्षेत्र र नगर समिति , भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रमुखसंग कार्यक्रमको तयारी वारे छलफल गरिएको थियो । सरकारले महङ्गी , भष्ट्रचार एवं थुप्रै जनहितविपरित कामको विरोधमाचितवनमाब्यापकजनलहर उतार्ने तयारी भएको सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । बैठक राखेर सबैलाई आफ्नो तहमा लाग्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले सरकारको दमन विरुद्ध लाग्न सबैलाई अपिल गर्नुभएको छ ।

चितवनमा हुने विराधे कार्यक्रममा नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काग्रेसको केन्द्रीय समितिले तय गरेको देशब्यापीविरोधको कार्यक्रम अन्र्तगत चितवनमा बृहत विरोधको कार्यक्रमगर्न लागेको चितवनकाग्रेसले जनाएको छ । चितवनको कार्यक्रमलाइृ भब्य बनाउनका लागी तयारी तिब्र पारिएको सचिव उत्तम जोशीले बताउनुभयो ।
संसदमा माघ ११ गते प्रधानमन्त्रिको अग्रसरतामा भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति सरकार संवेदनहीन भएको आरोप लगाउदै त्यस्तै पार्टीका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला र सुशील कोईरालाको नाममा रहेको अस्पताललाई नामेट गर्न लागेको भन्दै सरकारको यो कामको विरोध गरेको छ । देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको भन्दै निर्मलापन्तको बलात्कारपछि हत्याभएको ६ महिना हुँदापनि अपराधी पत्ता लगाउन नसकेकोमा विरोधसभा केन्द्रीत गरिएको छ । प्रमुख प्रतिपक्ष दलका नेता पार्टी सभापतिको उपस्थिती विना संैधानिक परिषदको बैठक राखेर केही नियुक्ती गरेर लोकतान्त्रिक मुल्य र परम्परा विपरीतको घटना भएको भन्दै त्यसको विरोध गरेको छ । काँग्रेसको गत माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।





