धनधान्याञ्चलमा १ करोड ३० लाख संकलन

भरतपुर, १३ कार्तिक
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन सम्ममा एक करोड ३० लाख रुपैया संकलन भएको छ । आधारभूत विद्यालय साविक पिठुवा ९ मा जारी महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा स्थानीय कृष्ण बहादुर नेपालले ३१ लाख ५० हजार रुपैया बरावरको एक कठ्ठा एक धुर जग्गा र उनका भाइ नर बहादुर नेपालले ९ लाख मुल्य बराबरको साढे चार धुर जग्गा दान गरेका छन ।
महायज्ञ मंगलबारसम्म सञ्चालन हुनेछ । सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय शैलीमा कथा वाचन गरेका छन । भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्यले आयोजित महायज्ञमा २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले बताए । महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए । युवा पण्डित इश्वर रेग्मीले एक लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । साथै उनले महायज्ञमा कथाबाचन गरेबापत पाउने रकम नलिने घोषणा गरेको आयोजकले जनाएको छ ।
mmmmmmmmmmmmmmmmmm

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट