पद्मश्री दिइयो

काठमाडौं, ८ कात्तिक

यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना पुरस्कार दुई स्रष्टालाई हस्तान्तरण गरिएको छ । लेखक नयनराज पाण्डेलाई कृति ‘यार’ बाट पद्मश्री र लामो समयदेखि नेपाली भाषा साहित्यमा अमूल्य योगदान पु¥याएका तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको हो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्छ । वि.सं २०६३ देखि वर्षभरि प्रकाशित पुस्तकमध्ये विशिष्ट कृतिलाई र २०६७ सालदेखि साहित्य, कलामा दीर्घ साधना गरेका साधकलाई प्रतिष्ठानले सम्मान गर्दै आएको छ । दुवै पुरस्कारको राशि दुई–दुई लाख रुपैयाँ रहेको छ । पुरस्कृत भएपछि शर्माले पद्मश्री साधना सम्मानले थप ऊर्जा थपिएको उल्लेख गरे।

“उमेर बढ्दै गएपछि लेखनमा उत्साह घट्दो रहेछ । आलस्यले सताउँदो रहेछ”, ८० कटेका उनले भने, “पाठकहरूको प्रेरणाले भने लेखनमा प्रोत्साहन बढाएको छ ।” त्यस्तै पद्मश्री साहित्य पुरस्कार पाएका पाण्डेले इमानदार र जिम्मेवार भएर लेखेको कृति सम्मानित भएको क्षण लेखकको जीवनको सुखद् क्षण भएको उल्लेख गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट