‘मैयाँ’ लिएर आए निर्दोष जीवन

भरतपुर, २९ असोज ।
आख्यानकार निर्दोष जीवनको कथा संग्र्रह ‘मैयाँ’ सार्वजनिक गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा आइतबार नारायणगढमा आयोजित कार्यक्रममा साहित्यकार धनराज गिरी, जगन्नाथ पण्डित, लेखक र सम्पूर्ण किताबका सञ्चालका सिरिषा सापकोटाले किताबको विमोचन गरे ।


मैयाँमा समावेश कथाहरु सामाजिक परिवेशलाई आधार बनाएर लेखिएको टिप्पणीकार कवि सुरेन्द्र अस्तफलले बताए । प्रेम, धर्म, भाग्य र राजनीति सन्दर्भमा लेखिएका कथा पनि कृतिमा समेटिएको उनले बताए । कृतिका सबै उन्नाइस कथाका सन्दर्भमा रहेर कवि अस्तफलले समीक्षात्मक टिप्पणी व्यक्त गरेका थिए । मैयाँभित्रका कथा सबै उमेर समूहले सजिलोसँग पढ्न र बुझ्न सक्ने खालका सरल कथा भएको उनले बताए ।
पुस्तकका बारेमा सरोज पाठक सुमन, पुष्प अधिकारी अञ्जलि, ईश्वर कँडेल, सरला जोशी, उदय अधिकारी, ऋषिप्रसाद लामिछाने, सुमन घिमिरे र लेखराम सापकोटाले पनि मन्तव्य व्यक्त गरेका थिए । पुस्तक युरेका पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट