भरतपुर, २५ असोज
बडादशैंको अवसरमा सोनी ब्राण्डका टेलिभिजन खरिदमा भारी छुटसहितको विशेष अफर ल्याइएको छ । सोनीका फोरके एन्ड्रोइड, फुल एचडी इन्टरनेट टिभी तथा एक्स्ट्रा प्रोजेक्सन सिरिजका टेलिभिजन सेटको खरिदमा विशेष अफरसहितको ‘दशैं ग्रेट सेल’ कार्यक्रम ल्याइएको हो ।

सोनी टिभीको आधिकारिक बिक्रेता शुभकामना इलेक्ट्रोनिक्स नारायणगढका सञ्चालक सूर्यभक्त अधिकारीले दिएको जानकारीअनुसार यो अफरमा २० देखि २५ प्रतिशतसम्म क्यासब्याक हुनेछ । जसमा ३२ देखि ७५ ईञ्चसम्मका टेलिभिजन सेट खरिद गर्न सकिनेछ ।
साथै दशैंभर सोनीका क्यामेरा, एक्सपेरिया फोन तथा एसेसोरिजको खरिदमा पनि विशेष छुट अफर रहेको अधिकारीले जानकारी दिए । सोनीका सामानहरु यही अफरमा भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि उपलब्ध छन् ।




