कायाकैरनकर्मी सापकोटासहित दर्जनौं स्रष्टा सम्मानित

भरतपुुर, २४ असोज
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले बृहत कार्यक्रमको आयोजना गरी स्रस्टा सम्मान तथा कृति विमोचन गरेको छ । स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर घटस्थापनाको दिन बुधबार भरतपुरमा आयोजित कार्यक्रममा दर्जनौं साहित्यकार, कवि तथा समाजसेवीलाई सम्मान गरेको हो ।


सो क्रममा कवि तथा समाजसेवी अरुणराज सुमार्गीसहित श्रीभक्त अच्युत वाग्ले, ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो, राधिका गुरागाईं, सुमित्रा न्यौपाने, र तारा पराजुली सम्मानित भएका हुन् । त्यस्तै सम्मान प्राप्त गर्ने अन्य साहित्यकारहरुमा अर्जुन यावा, खडानन्द तिमिल्सिना, द्वारिका नेपाल, बिर्खे अञ्जान, भगवती रोक्का भूमिका, मञ्जु खराल, राज बिसर्जन, श्रीकृष्ण भुसाल घायल, मन्दिरा मधुश्री, बालकृष्ण थपलिया, शान्ति शर्मा, दीपेन्द्रकुमार जोशी निक, दीपकराज विश्वकर्मा, दीपेन्द्र थिङ तथा लेखराम सापकोटा सम्मानित भए । सम्मानित भएकामध्ये सापकोटा कायाकैरनकर्मी हुन् । उनी कायाकैरनमा साहित्य तथा कला संयोजन गर्छन् ।


संस्थाका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले नेपाली कला, साहित्य र संस्कृतिको जगेर्नामा लामो समयदेखि क्रियाशील स्रस्टालाई सम्मान गरिएको बताए । कार्यक्रममा स्रस्टाहरु राजेन्द्र घायल, बिष्णु थापा बिछोड, टीका आत्रेय, रुद्र कँडेल, अन्जु सापकोटा, शिवा कार्की, सिमरन क्षेत्री, उर्मिला कोइराला, तीला लेकाली, कोपिला घिमिरे, रञ्जु दाहाल, मानन्धर अभागी, राधा भट्टराई, अंकिता सुमार्गी, डीआर ओली, शान्ति प्रियवन्दना, संगिता बराल आभासलगायत स्रस्टाले रचना सुनाएका थिए ।


सोही समारोहमा सीता अधिकारी तिमिल्सिनाको गजल संग्रह ‘श्रृंगार’, अम्बिका कार्की अमुको गजल संग्रह ‘संकल्प १०१’, सुरेशकुमार पाण्डेको गजल संग्रह ‘अन्धकार चिर्ने दियो’, बसन्तमोहन अधिकारीको गजल संग्रह ‘रुपन’, पुष्प अधिकारी अञ्जलिको गजल संग्रह ‘बार्दली’, कमल अर्याल धादिङेको गजल संग्रह ‘लौरो’, संयुक्त गजल संग्रह ‘हैसियत–४’ र हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५६ औं अंकको पनि लोकार्पण गरिएका थिए ।

कार्यक्रममा चितवन, नवलपरासी, मकवानपुरसहित देशका विभिन्न जिल्लाबाट आएका करिब दुई सय स्रस्टाको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट